सिंहलाई जंगलको राजा
भनिन्छ ।
तर, कहिलेकाहीं त्यही जंगलको राजा पनि नराम्रोसँग हार्नु पर्दोरहेछ । त्यो
पनि जंगली भैसीसँग । साउथ अफ्रिकन नेशनल पार्कमा दुई बटा सिंहले जंगली भैसीलाई
आक्रमण गरेपछि यो अवस्था आएको हो ।
आहारको
खोजीमा पार्कमा घुमिरहेका सिंहको आँखा केही दुब्लो जस्तो देखिने भौसीमा पर्छ ।
करिव ४५ मिनेट पछ्याएर दाउ हेरेपछि दुई वटा सिंहले आक्रमण गर्छन । बबुरो भौसी हायल
कायन नहुने कुरै भएन । उसको केही जोर चलेन र कराउँदै थचक्क भुईमा बस्यो । तर, नजिकै घाँस खाइरहेको केही बलियो
जस्तो देखिने जंगली भैसीले साथीले ज्यान गुमाउँदै गरेको सहन सकेन ।
निकै हान्निएर आएको भौसीले अर्को भैसीमाथि आक्रमण गरिरहेको सिंहलाई
सिङले उधिनेर फाल्यो । ‘उसले आफ्नो सिङले उधिनेर सिंहलाई हावामा करिव ५ मिटरमाथिसम्म फाल्यो’ अविश्वसनीय घटनालाई
आफ्नो क्यामरामा कैद गरेका ओलिभरले भनेका छन्–‘हामी वर्षमा २/३ पटक आउँछौं तर, मैले यस्तो कहिल्यै
देखेको थिइन ।
0 comments:
Post a Comment